देउवाको प्रधानमन्त्री नियुक्ति र शपथ आजै

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले मङ्गलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ ।

राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ हिजो साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए ।
राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार मङ्गलबार ५ बजेभित्रै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ ।

बिज्ञापन