
काठमाडौं – पछिल्लो २४ घण्टामा थप २३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित संख्या २६ हजार २६१ छ ।
मंगलबार २०७८ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार ४१२ जनाको मृत्यु भएको छ ।