उपत्यकाका सिडिओको बैठक बस्दै, सञ्चालन होलान् लामो दूरीका यातायात ?

काठमाडौं – काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको बैठक छ ।

बिहीबार अपरान्ह ५ बजे बैठकमा निषेधाज्ञाबारे छलफल हुने बताइएको छ ।

आज बैठक गरेर निषेधाज्ञा थप गर्न के गर्ने भन्ने निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

बैठकमा लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकले लामो दूरीका बस पनि चलाउने अनुमति दिने सम्भावना छ । काठमाडौं बाहिरका जिल्लाबाट पनि उपत्यकाभित्र बस आवतजावत गर्न दिनेबारे छलफल गरिने बताइएको छ ।

यसअघि थप गरिएको निषेधाज्ञा आज सकिँदैछ ।