सरकार विरुद्ध नेविसंघ खरो रुपमा प्रस्तुत हुँदै, खेलाचि सम्झे सरकार ढालिदिने चेतावनी

काठमाडौं । नेपाल आयात हुने भारतीय तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिएका छन् ।

 

बिज्ञापन

हिजो आइतबारदेखि नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारको उक्त कदमको विरोधमा निरन्तर प्रदर्शन गरिरहेको छ ।

 

आज बिहान कोटेश्वर बहुमुखी क्याम्पसबाट सुुुुरु भएको विरोध र्यालीमा सयौं विद्यार्थीहरु व्यानर र पम्प्लेट बोकेर सडकमा निस्किएका थिए। उक्त र्य्यालिि कोटेश्वर चोक पुगेर कोणसभामा परिणत भएको थियो।

 

कोणसभामा बोल्दै नेविसंघ नेता महेन्द्र भट्टराईले भने- यो सरकार नेपाली जनताको स्वास्थ्यमा खेलाची गर्दैछ , ओली सरकार गलत निर्णयबाट पछि नहटे निरन्तर आन्दोलन गरेर ढाल्निदिने चेतावनी दिए ।

 

सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको थियो । तर असार १३ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय फिर्ता लिएको थियो ।