दैलेखमा घाँस काट्न गएकी किशोरीको भिरबाट लडेर मृत्यु

दैलेख। दैलेखमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ भने अर्की किशोरी गम्भीर घाइते भएकी छन । घाँस काट्ने क्रममा भिरबाट लड्दा भगवतीमाई गाउँपालिका ४ की १७ वर्षीया टीका बीसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दुबै किशोरी घाँस काट्न स्थाीय स्याउली पाखामा गएका थिए। घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसँगै टीका बिसी भिरबाट खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ढाड र टाउकोमा चोट लागेकी रोशनीलाई उपचारका लागि सुर्खेत लगिएको छ। उनको अवस्था गम्भीर रहेको आफन्तले बताएका छन्।