विप्लव समुह र प्रहरीबीच गोलि हानाहान, दुईजनाको मृत्यु | OmkarTimes.com

भाेजपुर । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुह र प्रहरीबीच गोली हानाहान भएको छ । बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा उक्त झडप भएको प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

बिज्ञापन

उक्त झडपमा दुवैतर्फ एक/एकजनाको मृत्यु भएको बताइएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको जनाइएकाे छ ।

 

झडपमा गोली लागेर प्रहरी जवान सन्जिव राईको पनि मृत्यु भएको छ । अरू प्रहरी पनि घाइते भएकाे र उनीहरुलाई अस्पताल लगिएको भाेजपुर प्रहरीले जनाएकाे छ । घटनास्थलबाट पेस्तोल र केही गोली समेत बरामद गरेकाे प्रहरीले जनाएकाे छ । न्युज24