पोखरामा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१७, बरालफिडमा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको हो।

स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो । घर लग्नासाथ अचेत भएपछि उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगियो । अस्पताल पुर्‍याउनासाथ डाक्टरले राति करिब १२ बजे मृत घोषणा गरेका थिए।

बिज्ञापन

आइतबार साँझ करिब साढे ७ बजे छोरेपाटनबाट विरौटातर्फ जाँदै गरेको ग९प ७५०९ नम्बरको स्कुटरले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । ठक्कर दिने स्कुटर र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।