
सल्यान । सल्यानको कपुरकोट गाउँपालिका किमुचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–१४ माल्नेटाका २५ वर्षीय विमल भण्डारी रहेका छन ।

रा १ ख २४२७ नम्बरको ट्रकमा तुलसीपुर लैजानका लागि लोड गरिएका मुढालाई डोरीले बाँध्नका लागि छतमा चढेका बेला बिजुलीको तारले सहचालक भण्डारीलाई शुक्रबार बेलुकी करेन्ट लागेको थियो ।
बिज्ञापन



करेन्ट लागेर खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन् । भण्डारीको शव कपुरकोटस्थित स्वास्थ्यचौकीमा राखिएको छ ।
