प्रेममा तगारो बनेका बुबाको प्रेमीसँग मिलेर हत्या !

भारत — भारतीय प्रहरीले उत्तर प्रदेशको बाराणसीमा चार दिन पहिले भएको हत्याको घटनाबारेमा खुलासा गरेको छ ।

प्रहरीले घटनाको मुख्य योजनाकारका रुपमा छोरीलाई पक्राउ गरेको छ । साथै, हत्या गर्ने प्रेमी र उसको साथीलाई  प्रहरीले हतियारसहित गिरफ्तार गरेको छ ।

बिज्ञापन

बाराणसी ग्रामीणका एसपी अमित बर्माका अनुसार बाराणसीको मिर्जामुराद प्रहरी चौकी बस्ने एक किराना व्यापारी राजेश जैस्वालको जुलाई २९ का दिन बेलुका गोली हानी उनको हत्या गरिएको थियो ।

एसपी अमित बर्माका अनुसार पहिला उनको  परिवारका सदस्यहरुले जग्गा विवादका बारेमा शंका व्यक्त गरे, तर घटना भएको राति नै प्रहरीलाई सुराक मिल्यो र त्यहीँ सुराकीको माध्यमबाट प्रहरीले  घटनामा मृतक राजेश जैसवालकी कान्छी छोरीको संलग्नता रहेको आशंका गरे, जसको प्रेम सम्बन्ध त्यही गाउँका जावेद अहमदसँग रहेको थियो ।

प्रहरीका अनुसार दुबै बिहे गर्न चाहन्थे, तर राजेश जैसवालले भने अस्वीकार गरेका थिए । जसका कारण प्रेमी जावेदसँग मिलेर बुबालाई मार्ने योजना बनाए ।

उक्त घटनामा प्रेमी जावेद र उनका साथी आकिब अन्सारी संलग्न रहेका छन् । सोधपुछका दौरान सबै अभियुक्तहरुले आफ्नो अपराध स्वीकार गरेका छन् ।