कबिता : तुइनमा झुन्डिएको तिम्रो भाग्य

तुइनमा झुन्डिएको तिम्रो भाग्य
कहिले कोशी भित्र भासिन्छ
कहिले गण्डकिमा टासिन्छ
कहिले महाकालिमा साटिन्छ
कहिले एम सि सिमा धितो राखिन्छ ।

तुइनमा झुन्डिएको तिम्रो कर्म
कालापानीमा अड्किएको छ
लिपुलेकमा चर्किएको छ
सुस्तामा सुस्ताएको छ
महेसपुरमा लतारिएको छ
एम सि सि सिमा बन्धकि राखिएको छ ।

बिज्ञापन

तुइनमा झुन्डिएको तिम्रो स्वाभिमान
कयौ पटक तमसुक गरिएको छ
कयौ पटक बन्धकी राखिएको छ
कयौ पटक धितो राखिएको छ
यस पटक त एम सि सि मा लिलामै गरिदै छ ।

तिम्रो भाग्यहरुलाइ तुइनमा झुन्डियाउनेहरु
तिम्रो कर्महरुलाइ सौदाबाजी गर्नेहरु
तिम्रो स्वाभिमानलाइ चिरहरण गर्ने हरु
तिमिले सिंगारेका ब्वासाहरु नै हुन
अझ सिंगारे तिमिलाइ नै बेच्दैछन ।