राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित

काठमाडौँ : राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । सोमबार प्रमुख विपक्षी नेकपा (एमाले) को विरोधकाबीच बजेटसँग सम्बन्धित उक्त विधेयक राष्ट्रियसभाले पारित गरेको हो । आजको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए। र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए । दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । आजको बैठकले बजेटको राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पारित गरेको हो। दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको संदेश पेश हुनेछ । र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणिकरण भएपछि कार्यान्वयनमा जाने छ । ।