भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुग्यो

काठमाडौं । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

 

बिज्ञापन

यसैगरी वर्षा र बाढीपहिरोमा परी ३२ जना हराइरहेको र ४० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

 

हालसम्म ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार गरिएको पनि मन्त्रालयले ट्वीट मार्फत जानकारी गराएको हो ।

 

मन्त्रालयले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।