
काठमाडौं । चर्चित गायक लोकगायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी परेको छ ।
काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौमा गायक पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्कीको उजुरी परेको हो ।
काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साँझमा काम गरेको रकम माग्न जाँदा ज्यान मार्ने धक्की दिएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको हो ।
शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ । यसबारेमा आरोपित बद्री पंगेनीलगायतले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।
लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनी विवादमा आइरहन्छन् । केही समय अगाडि काठमाडौंमा जुवा खेल्दाखेल्दै रंगेहात पक्राउ परेका थिए । केहीबेर प्रहरी हिरासतमा रहेका पंगेनी सत्तारुढ नेकपामा नेताहरुको दबाबमा छुटेका थिए ।