तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुँडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष समेत रहेका २५ वर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा खुँडा प्रहार भएको प्रहरीले बताएको छ।

शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गिरीको दायाँ हातको बुढी औँला र बायाँ हातमा चोट लागेको छ ।

खुँडा प्रहार गर्ने व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ भने गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको बताइएको छ।