पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ : लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडकमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रु रोकिएका छन् । केहीदिन यता मुलुकका अधिकांश स्थानमा पानी परिरहेको छ । लगातार पानी परिरहेकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिज्ञापन