
काठमाडौँ : कोरोनाविरुद्धको खोप आज काठमाडौँमा आज विभिन्न ८ अस्पतालबाट लगाइने भएको छ । सरकारले काठमाडौँ लगायत देशभर नैे कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा पहिलो र दोस्रो डोजको खोप लगाइने छ। प्रहरी अस्पतालमा भेरोसेल र एस्ट्राजेनेका खोप र सेनाको अस्पतालमा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोपको पहिलो र दोस्रो मात्रा दिइने छ।



यस्तै समाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने छ। यी ताकिएका खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य कार्यालय काठमाडौँले सबैमा आग्रह गरेको छ ।
