विभिन्न ऐन अव्यावहारिक भएको भन्दै व्यवसायी आन्दाेलित | OmkarTimes.com

बारा । सरकारले चालु आर्थिक वर्षबाट लागु गरेका विभिन्न ऐन-नियमहरु अव्यावहारिक भएको भन्दै त्यसको विरोधमा बाराको जीतपुरसिमरामा आईतबार प्रदर्शन गरिएको छ ।

सरकारले साउन एक गतेदेखि लागु गरेका विभिन्न ऐन-नियमहरुले निजि क्षेत्रमा अन्योल सिर्जना गरेको भन्दै ब्यवसायीहरुले सो ऐन खारेजीको माग गरेका छन् ।

बिज्ञापन

देशको प्रमुख संयन्त्रका रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशिल तुल्याउन सरकारी स्तरबाट सहजीकरण हुनुपर्नेमा ठिक बिपरित नाना थरिका ऐनकानुन बनाएको भन्दै ओन्दोलन गरेका हुन् ।

नगर उद्योग बाणिज्य संघ जीतपुरसिमरा उपमहानगरको अगुवाईमा भएको प्रदर्शनमा यातायात तथा ढुवानी ब्यवसायी एवं यातायात मजदुर संघर्ष समिती र स्वतन्त्र चालक मजदुर संघले पनी ऐक्यबद्धता जनाएका छन् ।

सरकारले लागु गरेको एक हजारभन्दा माथीको भुक्तानीमा प्यान अनिवार्य, ढुवानीमा लगाईएको भ्याट, सवारीसाधनमाथीको ई–लकिङ्ग प्रणाली लगायतका नियमहरु खारेजीको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । साभार: news24nepal