
झापा — कोरोना भाइरस (कोभिड १९)को संक्रमण बाट आफ्ना नागरीकलाई बचाउन नेपाल सरकारले गत चैत ११ गतेदेखि शुरु गरेको ‘लकडाउन’ वैशाख ३ गते सम्म वढाईसकेको छ । कोरोना रोकथामकै लागि मानिसहरू बीचको दूरी कायम गर्नका लागि अझ प्रभावकारी बनाउन सरकारले लकडाउन गरेको हो ।




लकडाउनको समयमा सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ भने स्वास्थ्य, भन्सार, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, क्वारेटाइन, फोहोरमैला व्यवस्थापन लगायत अत्यावश्यकबाहेक र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन । ‘लकडाउन’ उल्लंघन गरेमा सङ्क्रामक रोग ऐन २०२० अनुसार ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने बताइएको छ । यती हुँदाहुँदै पनि‘लकडाउन’ उल्लंघन गर्ने बढ्न थालेका छन् । लकडाउनको अर्थ नबुझेर उल्लघन गर्ने मानिसहरु बढ्न थाले पछि झापामा भने प्रहरीले कडा कदम चालेको छ ।

झापामा ‘लकडाउन’ उल्लंघन गरेमा दुई घण्टा उभिनुपर्ने भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले लकडाउन उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनलाई दुई घण्टासम्म नियन्त्रण लिई बिर्तामोडको हनुमान कम्प्लेक्स अगााडि उभ्याउने व्यवस्था मिलाएको हो ।
बिर्तामोडको हनुमान कम्प्लेक्स अगााडि लकडाउन सेल बनाएर लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई दुई घण्टा उभ्यिाइने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । उनले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई दुई घण्टा उभ्यिाएर लकडाउनको अर्थ र आवश्यकता बुझाएर छाडिने बताए ।
त्यस्तै सवारीसाधनलाई दुई घण्टासम्म नियन्त्रण लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कारवाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।