बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए  । उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले  बताए ।

बाघको आक्रमणमा परेर मृत्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरी घटनास्थालमा पुगेको थियो ।

मृतक गाँभरगाउँको एक होटममा भाडा माझ्ने काम गर्दै आएको तर उनको नाम, थर पहिचान अझै हुन नसकेको प्रमुख शाहले  बताए हुन् ।