लमजुङमा चट्याङ लागेर  पाँच भैंसी मरे

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका – ४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए ।

बिज्ञापन

सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए ।

बाँकी भैंसी वीरबहादुर गुरुङका हुन् । किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताएका छन्  ।