पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नौबिसे सडक सञ्चालनमा

मुग्लिन । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।

गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

बिज्ञापन

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।