बस दुर्घटनाहुदा  १८ जना घाइते

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा शनिवार बिहान यात्रुबाहक बस सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए ।

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको  कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताएका छन्  ।