बुटवल उमहानगरपालिकाका मेयर शिवराज सुवेदी कुटिए

बुटवल — बुटवल उमहानगरपालिकाका मेयर शिवराज सुवेदी कुटिएका छन् ।

मेयर सुवेदी सोमबार बुटवल उमहानगरपालिकाका–३ को ज्योटिनगरका पहिरो पीडितबाट कुटिएका हुन् ।

वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै स्थानीयले सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई कुटेका हुन् ।