रुसको युनिभर्सिटीमा गोली चल्दा ८ जनाको मृत्यु

काठमाडौँ — रुसको पर्म शहरको पर्म स्टेट युनिभर्सिटीमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान गर्न बनेको कमिटीका अनुसार विश्वविद्यालयकै एक जना विद्यार्थीले गोली चलाएका हुन् ।

घटनास्थल राजधानी मस्कोबाट करिब १३०० किलोमिटरको दूरीमा रहेकाे छ । आक्रमणकारीको पहिचान भएको र नियन्त्रणमा लिने क्रममा घाइते भएको तासले जनाएको छ ।