पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ : लगातारको वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

मंगलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार राति सडक माथिबाट ठूलो पहिरो आएकाले बाटो दुईतर्फी नै अवरुद्ध भएको छ । मध्य रातमा पहिरो गएकाले बिहानबाट मात्र पन्छनउन थालिएको कार्यालयले जनाएको छ । सडकमा लेदो थुप्रिएकाले खुलाउन सयम लाग्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।