राजकुमार क्षेत्री बने  नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

राजकुमार क्षेत्री नेपाल नगरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक बनेका छन्। महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ। अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए।

३४ वर्ष हवाई उड्डयन क्षेत्रमा सेवा गरेका क्षेत्री १२औँ तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्टताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो।

बिज्ञापन

क्षेत्री यसअघि त्रिभुवन विमानस्थलको महाप्रबधकसँगै भैरहवा, भरतपुर, विराटनगर र जनकपुर विमानस्थल प्रमुखसमेत भैसकेका व्यक्ति हुन्।