
अछाम : खोलामा डुबेर अछाममा एक बालकको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिकामा खोलाको दहमा डुब्दा वडा नं. १ डाँडाघरे बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको ज्यान गएको हो । नुहाउने क्रममा खोलाको दहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढकारीका अनुसार शुक्रवार दिउँसो बालक नुहाउन खोलामा गएका थिए । नुहाउने क्रममा अचानक दहमा डुब्दा बालकको मृत्यु भएको हो । स्थानीय अमर बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमा तैरिएको अवस्थामा बालकको शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।