पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ३६८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १० हजार ११३ जनाको पिसिआर र ३ हजार २५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै, ९३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप १२ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।
हाल सक्रिय संक्रमित १८ हजार ११५ छन् ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३५९ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

बिज्ञापन