
अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।
आज बिहान छतबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक गणेश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको छ ।