
धनगढी : कैलाली र कञ्चनपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका– ५ मा शुक्रबार साँझ से ७ प ५७०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेदकोट नगरपालिका– १ बस्ने ३२ वर्षीय रतन शाहीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यस्तै कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा से ६ प ६१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढीकै ३६ वर्षीय दिमेश सिंहको मृत्यु भएको छ । अत्तरियाबाट धनगढी आउँदै गर्दा शुक्रबार साँझ सडकमा राखिएका डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका चालक सिंहको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।