
भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ७१ हजार २९३ पुगेको छ ।
बिज्ञापन



यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ३४ हजार ६०० जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन १९३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ८१४ पुगेको छ ।