आर्यन खानको पुनः जमानतको सुनुवाई भोलि, छोराको विषयमा चिन्तित शाहरुख

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको पुनः जमानतको सुनुवाई भोलि अक्टोबर १३ मा हुने भएको छ ।
आर्यन क्रुज ड्रग्स काण्डमा जेल परेका छन् । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन् ।
यसैबीच, शाहरुख खान छोराको भविष्यलाई लिएर चिन्तामा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आर्यन बलिउड उद्योगको चर्चित स्टार किडमा एक हुन् ।

आर्यनलाई लाइमलाइटमा खासै चासो छैन । उनी खासै मिडियामा देखिदैनन् । उनी अवार्ड शोहरुमा पनि खासै देखिदैनन् ।
उनको सामाजिक सञ्जाल एकाउन्ट पनि लामो समयदेखि प्राइभेट गरिएको थियो ।

बिज्ञापन

आर्यन पक्राउ परेपछि अहिलेसम्म पूजा भट्ट, रवीना टंडन, राज बब्बर र अन्य बलिउड सेलिब्रेटीले उनको समर्थनमा सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन् । तर, शाहरुख खानले अहिलेसम्म सामाजिक सञ्जालमा कुनै पनि बिचार व्यक्त गरेका छैनन् ।

इन्डिया टुडेले शाहरुख खानको परिवारका नजिकका व्यक्तिसँगको कुराकानीमा शाहरुख र गौरी आर्यनको विषयलाई लिएर चिन्तामा रहेको जनाएको छ ।
उनीहरुले यति लामो समयसम्म यो काण्ड चल्छ भन्ने सोचेका थिएनन् । शाहरुख खानले एनसीबीसँग लगातार कुराकानी गरिरहेका उनको निकट स्रोतले बताएको छ ।