नेकपा स्थायी कमिटी बैठक असार १० गते बस्ने

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यहि असार १० गते बस्ने भएको छ ।

पार्टीभित्र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका मुद्दामा विवादका कारण अनिश्चितकालका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठकको मिति तय भएको हो ।

बिज्ञापन

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको भेटमा स्थायी कमिटी बैठकको मिति तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल भएपनि मिति तय हुन सकेको थिएन ।

स्थायी कमिटी बैठक बोलाएकाले एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको छ ।
एमसीसी कार्यान्वयनका लागि असार १६ भित्र संसद्बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दवावमा छ ।

यसअघि पहिला २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
एमसीसीलाई लिएर नेकपामा विवाद छ । संसदबाट एमसीसी पारित गराउने विषयमा नेकपा एकतर्फ देखिएको छ भने त्यस विपरित भ्रुवमा पार्टी उभिएको छ ।

सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल नेकपा भने अहिलेको अवस्थामा एमसीसी पास नगराउने स्पष्ट अडानमा उभिएको छ ।