
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णयबिनै २० जना स्वास्थ्यकर्मीलाई चीन पठाउने भएको छ।
२९ जुलाईदेखि २५ अगस्टसम्म चीनमा आयोजना हुने बालबालिकाको स्वास्थ्यसेवा विषयक कार्यक्रममा भाग लिन जम्बो टोली पठाउन लागिएको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मनोनयनसमेत नगरी विदेश जाने टोलीको टुंगो लागेको छ। सचिवस्तरको निर्णय गर्दै चीन जानेहरूको नाम छनोट भइसकेको छ। याे खबर अाजकाे नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन्।
महाशाखा प्रमुखहरू सम्मिलित वैदेशिक भ्रमण मनोनयन सिफारिस समिति छ। सो समितिबाट निर्णय गराएर विदेश जाने टोलीको टुंगो लगाउनुपर्छ।
तर, सचिव रामप्रसाद थपलियाले आफूखुसी निर्णय गराएको स्रोतले बतायो। उनले जाने लिस्टमा अधिकांश आफूनिकट राखेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
यी हुन् टोलीमा परेका स्वास्थ्यकर्मी
डा. ज्योत्स्ना यादव गाइनकोलोजिस्ट
सुनील शाह मानसिक रोगविज्ञ
डा. शैलेश ठाकुर पेडियाट्रिसियन
जितेन्द्रप्रसाद जयसवाल मेडिकल अधिकृत पेडियाट्रिक्स
पुष्पाकुमारी झा स्टाफ नर्स
पार्वती विष्ट पब्लिक हेल्थ नर्स
रूपेश शाह सिनियर अहेब
डा. जीवन खरेल मेडिकल अधिकृत
सीमा शर्मा नर्सिङ अधिकृत
डा. चन्दनराज शर्मा मेडिकल अधिकृत
संगीता श्रेष्ठ स्टाफ नर्स
डा. कुलदीप गोइत पेडियाट्रिक्स
डा. योगराज शर्मा पेडियाट्रिक्स
सुनीता आचार्य नर्सिङ अधिकृत
डा. अनुपमा यादव पेडियाट्रिक्स
पूजा मल्ल स्टाफ नर्स
कविता पाण्डे नर्सिङ प्रशासक
डा. रामनारायण चौधरी पेडियाट्रिसियन
रेवती पोखरेल ल्याब टेक्निसियन
मायादेवी दाहाल सिनियर अहेव