
इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात जनाको मृत्यु भएको छ ।

पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात जनाको मृत्यु भएको हो ।
बिज्ञापन



सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएको जनाइएको छ ।

आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए ।