
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
बिज्ञापन



भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।