उद्धारका लागि उडेको हेलिकोप्टर फर्कियो, महाकालीमा फसेका ५ जना रुखकै भरमा

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेटीमा फसेका ५ जनाको उद्दार गर्न सुर्खेतबाट आएको हेलिकोप्टर फर्किएको छ । महाकाली नदीमा फसेकाको उद्धार गर्न सुर्खेतबाट उडेको हेलिकप्टर धनगढीमा अवतरण भएको छ । खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र पुग्न नसकेपछि धनगढीमा अवतरण गरिएको हो ।

सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमले कञ्चनपुर पुग्न नसकेको बताए । स्थानीयका अनुसार बाढीग्रस्त ठाउँमा फसेकाहरू रुखमा चढेर उद्धारका लागि आग्रह गरिरहेका छन् ।