
काठमाडौं । स्रोत नखुलेको रकमसहित भक्तपुरको लोकन्थलीबाट एक जना पक्राउ परेका छन् ।

बुधबार साँझ ८ बजे भक्तपुरकाे मध्यपुरथिमी नगरपालिका -१ लोकन्थली स्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्ने क्रममा बा. ४९ प ८५६५ नं. को स्कुटीको डिकी भित्र स्रोत नखुलेको ३० लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका- १० पाण्डवखानी स्थाई घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुन रहेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिई थप अनुसन्धान तथा सोधपुछ गर्दा उनकाको घर कोठामा समेत थप स्रोत नखुलेको रकम लुकाएर राखेको जानकारी पाएपछि टोलीले उनको घर कोठामा खानतलासी गर्दा थप ५० लाख फेला पारेको थियो ।
बरामद रकमसहित महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले असी लाख र स्कुटरसहित पुनलाई थप अनुसन्धान तथा कारबाहीको लागि पठाईएको वृत्तका सूचना अधिकारी प्रहरी नायवउपरिक्षक दिपक गिरीले बताए ।
उक्त रकम हुन्डी कारोबारको रकम भएको खुल्न आएको उनले बताए ।