शहरी विकास मन्त्री झाँक्री वीर अस्पताल भर्ना

काठमाडौँ : शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि उनी बुधरबार राति ९ बजे वीर अस्पतालमा भर्ना भएकी हुन् ।

मन्त्री झाँक्रीमा ज्वरो र खोकीको समस्या देखिएको वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत डा भुपेन्द्र बस्नेतले जानकारी दिए ।
झाँक्रीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । उनी अझैं दुई-तीन दिन अस्पताल बस्नुपर्ने बस्नेतले बताए ।