प्रधानन्यायाधीशको इजलास आज पनि नबस्ने

काठमाडौँ : सर्वोच्च अदालतको इजलास आज पनि नबस्ने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव लम्सालको निधनका कारण सर्वोच्चमा आज पनि काम–कारबाही नहुने भएको हो । शोक प्रस्ताव पारित गर्न आज सर्वोच्चको फुल कोर्ट बैठक भने बस्दैछ। लम्सालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा २८ वटा मु्द्दाको पेसी तोकेका थिए । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् ।

बिज्ञापन

तर उनको इजलासमा पनि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई विवादमा तानिएका कारण प्रश्न उठेकाले मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीशले भने संवैधानिक बाटोबाटबाहेक आफू बिदा नहुने बताइसकेका छन् ।