
काठमाडौं । कोभिड–१९ को संक्रमण बढेसँगै रुसको मस्कोमा बिहीबारबाट लकडाउन सुरु भएको छ।
लकडाउन सुरु भएपछि मस्कोको फार्मेसी र सुपरमार्केटबाहेक सबै पसलहरु बन्द गरिएको छ।
रुसमा कोरोना संक्रमण तीव्र गतिमा बढेको छ।
गत मंगलबार मात्र रुसमा कोरोना संक्रमणको कारण ११ सय जनाको मृत्यु भएको थियो।
रुस अहिले युरोपको सबैभन्दा धेरै प्रभावित मुलुक बनेको छ। अस्पतालमा कोरोनाका बिरामीको संख्या बढेको छ।
डाक्टरहरुले अधिकांश बिरामीले कोरोनाविरुद्धको खोप नलगाएको बताएका छन्।
रुसका अधिकारीले मुलुकमा खोप अभियान सुस्त भएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।
खोप अभियान प्रभावकारीरुपमा सञ्चालन हुन नसकेसँगै संक्रमण पनि बढेको अधिकारीहरुको भनाइ छ।