राजकुमार ह्यारी र मेगनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड तोडे

 

विवाहपछि ड्युक एण्ड डचेस अफ ससेक्सका उपाधि पाएका संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मर्कलको इन्स्टाग्राम अकाउन्टले गिनिज बुक अफ वर्ल्ड रेकर्ड तोडेको छ ।

बिज्ञापन

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार यो जोडीको मंगलबार सार्वजनिक गरिएको आधिकारिक अकाउन्टले पाँच घण्टा ४५ मिनेटभित्र एक मिलियन अर्थात् १० लाख फलोअर संकलित गरेको छ ।

यसअघि कोरियाली पप स्टार काङ्ग ड्यानियलले गत जनवरीमा इन्स्टाग्राम अकाउन्ट खोलेको ११ घण्टा ३६ मिनेटभित्र एक मिलियन फलोअर प्राप्त गरेका थिए ।

sussexroyal (ससेक्सरोयल) नाम दिइएको उक्त आधिकारिक अकाउन्टलाई महत्वपूर्ण घोषणाका लागि प्रयोग गरिने बताइएको छ ।

काङ्ग ड्यानियलले नयाँ वर्षको उपलक्ष्यमा खोलेको इन्स्टाग्राम अकाउन्टले पोप फ्रान्सिसले कायम गरेको रेकर्ड तोडेको थियो ।सन् २०१६ मा बनाइएको उनको अकाउन्टलाई १२ घण्टाभित्र एक मिलियन प्रयोगकर्ताले फलो गरेका थिए ।

यस्तै डेभिड बेकह्यामले सन् २०१५ मा अकाउन्ट बनाएको २५ घण्टाभित्र एक मिलियन प्रयोगकर्ताले फलो गरेका थिए ।