
सोलुखुम्बु : सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । बिहीवार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
नामथर ठेगाना नखुलेका करीब ६५ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।