सङ्घीय संसद्को अधिवेशन अन्त्य

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशनको आज राती १२ बजेदेखि अन्त्य गरेकी छन् ।

सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना जारी गरी संसद्को दुवै अधिवेशन अन्त्य भएको जानकारी दिएका छन् ।

आज रातिदेखि अधिवेशन अन्त्य भएकोले कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको छ ।