कोरोनाबाट वरिष्ठ कलाकार यूसुफ हुसैनको निधन

वरिष्ठ कलाकार यूसुफ हुसैनको ७३ वर्षको उमेरमा निधन भएको छ । शनिबार मुम्बईको लीलवती अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

कोरोनाबाट सङ्क्रमित भएपछि उनको त्यहाँ उपचार भइरहेको थियो । युसूफको निधनको जानकारी उनको ज्वाइँ तथा निर्देशक हंसल मेहताले सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले पोष्टमा आफू वास्तवमै अनाथ भएको बताएका छन् ।

बिज्ञापन