शाहरुख खानका छोरा आर्यन रिहा

काठमाडौँ : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन रिहा भएका छन् । लागूऔषध ड्रग्स मुद्दामा पक्राउ परेर लामो समयदेखि थुनामा रहेका आर्यन शनिवार रिहा भएका हुन् । आर्यनलाई लैजान शाहरुखका बडीगार्ड रवि जेल पुगेका थिए । आर्यन अहिले घर पुगिसकेका छन् । मन्नत बाहिर फ्यानहरूले उनलाई बाजागाजा र आतिशबाजी गरेर स्वागत गरेका छन् । सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

गएको १७ असोजमा मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पानीजहाजमा छापा मारेर आर्यन लगायतलाई पक्राउ गरेको थियो । यो प्रकरणमा २० जना पक्राउ परेका थिए । खानले बिहीबार जमानत पाएका थिए । बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । सबै अभियुक्तले यो मुद्दाबारे टेलिभिजन, छापा तथा सामाजिक सञ्जालमा कुनै किसिमको बयान या टिप्पणी नदिने लगायतका १४ सर्त अदालतले राखेको हो । पक्राउ परेको २८ दिनपछि आर्यन रिहा भएका हुन् ।

बिज्ञापन