पौडी खेल्न गएका एक युवक खोलामा डुबेर मृत्यु

मुग्लिन । पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ ।

 

रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

 

साथीहरुसँगै पौडी खेल्न गएका उनको सोमबार दिउँसो १ बजे मुत्यु भएको र उनका साथीहरुले शव निकाली प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाई भरतपुर अस्पताल पठाएको छ ।