घरमा श्रीमती र दुई  वर्षकी छोरी छाडेर  प्रेमिकासंगै आत्महत्या

भक्तपुर । भक्तपुरको बोडेमा एक जोडीले आत्महत्या गरेका छन् ।

 

घरमा श्रीमती र २ वर्षकी छोरी भएका युवाको अर्की केटीसँग प्रेम सम्बन्धपछि सँगै बस्न थालेका थिए ।

 

बोडेमा कोठा गरी बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन र रामेछापको बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगली घिसिङले मंगलबार आफ्नै कोठामा झुण्डिर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जीवनकी श्रीमती रितु तामाङले श्रावण ११ गते आफ्ना श्रीमान् अर्की केटीसँग लागेर आफूलाई नहेरेको भन्दै उनलाई झिकाई आवश्यक कारबाही गरिपाउँ भनेर उजुरी दिएकी थिईन् ।

 

प्रहरीले उनलाई झिकाएर अब देखि रितुसँग नै बस्ने तथा उनलाई लाउन खाने व्यवस्था समेत गर्ने प्रतिबद्दता गर्दै उनी प्रहरीबाट श्रीमतीसँगै निस्किएका थिए ।

 

बाहिर निक्लेपछि श्रीमतीलाई एक हजार दिदै आफू केहि समयमा आउँछु भनेका श्रीमान आफ्नी प्रेमिकासँगै झुण्डिएको अवस्थामा मंगलबार फेला परेका प्रहरीले जनाएको छ ।

 

जीवन तामाङ पेशाले सवारी चालक थिए । महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले यो घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

 

दुबैको शब पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।