ललितपुर महानगरमा आजबाट भेरोसिल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौँ : ललितपुर महानगरपालिमा आजबाट कोरोना विरुद्धको भेरोसिल खोपको दोस्रो मात्रा दिइने भएको छ । महानगरले एक सुचना जारी गर्दै महानगर भित्र आज र भोलि भेरोसिल खोपको दोस्रो मात्रा दिइने जानकारी दिएको हो । महानगरपालिकाका अनुसार खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नुपर्नेछ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्नेछ। बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म वडा कार्यालयमा खोप लगाइनेछ। आज लगाउन छुटेका व्यक्तिले भोलिसमेत खोप लगाउन पाउनेछन् ।

बिज्ञापन