भोजपुरमा रहेको एनसेल टावरमा आगजनी

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजनी तथा तोडफोड भएको छ ।

 

बिज्ञापन

गएराती डाँडाखर्कमा रहेको टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । टावरमा लगिएको तार, ब्याट्री तथा मेसिनमा आगजनीसंगै सोलार पाता तोडफोड भएको स्थानीयले बताएका छन् ।

 

टावरमा तोडफोडसंगै आगजनी भएको विषयमा स्थानियले प्रहरीलाई बिहिबार विहान जानकारी गराएका थिए । आगजनीबाट मेसिन, व्याट्री, सोलार तथा अन्य उपकरण पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ ।